ब्लग कसरी सुरु गर्ने ?
ब्लग भत्राले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन् । आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लग को समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको रुपमा विकसित भएको छ ।
नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भत्रे एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो । नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम अगाडि देखिएको छ । अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ । तर पछिल्लो समय अनलाइन मिडियाको बाढीले ब्लग ओझेलमा परेको भान हुन थालेको छ ।
ब्लगको यति जानकारी पछि ब्लग लेख्न कसरी सुरु गर्ने भत्रेतिर लागौ । ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भत्रे बारे निर्णय गर्नु राम्रो हुन्छ । कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन । कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन । धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन् । ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यहि लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ ।
कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन । धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन् । ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यहि लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ ।
के को बारेमा ब्लग लेख्ने भत्रे कुरा निश्चित गरेपछि कहाँ लेख्ने भत्रे प्रश्न आउँछ । ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ । यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ । Wordpress, Movable Type र Type जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न पाइन्छ । तर सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका blogger.com वा wordpress.com जस्ता साइटहरूमा गएर आप्mनो ब्लग सुरु गर्न सकिन्छ । यी वेबसाइटहरूमा सित्तैमा आप्mनो ब्लग साइट निर्माण गर्न सकिन्छ ।
यी ब्लग साइटहरु मध्ये Wordpress.com सजिलो तथा निकै प्रख्यात पनि छ । Wordpress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नु पर्दछ । यसरी नयाँ account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शिर्षक पनि दिनु पर्ने हुन्छ । account त बनिसकेपछि तपाइले ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ । त्यस्तै अर्को ब्लग साइट Blogger.com पनि प्रचलित छ । Blogger.com को फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नु हुन्छ ।
यदि तपाई पनि आफ्नो प्रसिद्धी कमाउन ब्लगको प्रयोग गर्न चाहनुहुन्छ भने, विभिन्न वेबसाइट लग अन गरेर पढ्न सक्नुहुन्छ ।
www.socilgo.com , www.blogadda.com , www.internetevolution.com
त्यस्तै तपाईलाई भिडियो ब्लगिङ तर्फ रुची छ भने विभिन्न वेबसाइटमा गएर भिडियो अपलोड गर्न सक्नहुन्छ । यस्ता वेबसाइटमा राख्नुभएको भिडियो विश्वका करोडौ मानिसले हेर्नेछन, जसले जिवनमा अघि बढाउन पनि सहयोग गर्दछ । त्यस्ता वेबसाइटहरुमा
www.youtube.com , www.myspace.com , www.zoetrope.com , www.filmmaker.com
ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पु¥याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ । आफुलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिव्रिmया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ । ब्लगको अझ रमाइलो कुरा के छ भने आफुले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ । अझ धेरैले Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन् । यति धेरै रमाइलो ब्लगिङ्गको दुनियामा आजै किन नछिर्ने त ?
अब ब्लग सुरु गरिसकेपछि तपाईले राम्रो ब्लगर बन्नको लागि ध्यान दिनुपर्दछ ।


1 Comments
गज्जब आर्टिकल । धन्यवाद ।
ReplyDelete