के तपाईं आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।
इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो ।
त्यसो भए ब्लग के हो ?
वास्तवमा कागजको पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधि तथा विचारहरू व्यक्त हुन्छन् । जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरूमार्फत देखा पर्छ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब–ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।
सबै चिज परिवर्तन हुँदै छ, समयको चक्रमा सबै परिवर्तन हुँदै छ । इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण, व्यवसायको प्रवद्र्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् र विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।
ब्लग कसरी बनाउने ?
यसका लागि सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निःशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ । जस्तै— मैले यो मेरो ब्लगको ब्लगर साइटमा बनाएको हो र यो ब्लग वर्डप्रेसको साइटमा बनाएको हो, जुन यहाँले हेरेर आफ्नो पनि सोहीअनुसार बनाउन सक्नुहुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरैभन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।
भाषा
सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ । त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने फेसबुकको इन्टन्ट आर्टिकलले नेपाली भाषा स्वीकार गर्छ ।
पैसा कसरी कमाउन सकिन्छ त ?
तपाईंले अब ब्लग कुन भाषामा लेख्नुभएको छ, त्यसमा भर पर्छ । यदि तपाईंले अङ्ग्रेजी भाषा छ भने एडसेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । नेपाली भाषा छ भने फेसबुकको इन्स्टन्ट आर्टिकल अर्को आम्दानीको स्रोत हुन सक्छ ।

0 Comments